– रेखा चन्द
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक एवं विगत ७ दिनदेखि आमरण अनशन बसेका तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको पत्रकार सम्मेलनप्रति तीव्र असन्तुष्टि पोखेका छन्।
कोइरालाले पुँजीबजारप्रति अनुदार देखिएकाहरु पतन भएर जाने चेतावनी पनि दिएका छन्। ‘पुँजीबजारलाई साट्टेबाजी बजार भन्नेहरु आफैँ पतन भएर जानेछन्’, उनले भने, ‘न धितोपत्र बोर्ड रहने न अर्थ मन्त्रालय रहनेछ, सबै पतन भएर जानेछन्, जनताले यिनीहरुलाई देखाइदिने छन्।’
कोइरालाले धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयलाई सट्टेबाजीको नाइके भएको बताएका छन्। ‘त्यही भएर यिनीहरु पनि नरहन सक्छन्, यिनीहरुले जनताको के हुन्छ भने बेलैमा बुझ्न्’, उनले भने।
कोइरालाले श्रीलंका जनता पाठ सिक्न पनि सुझाव दिए। ‘यिनीहरुलाई जनताले घर–घरबाट थुतेर ल्याएर पाठ सिकाउनेछन्’, उनले भने।
बोर्ड अध्यक्षको यो आन्दोलन तुह्याउने षड्यन्त्रमा रहेको कोइरालाको भनाइ छ। ‘भोलि हामी रहेनौँ भने धितोपत्र बोर्ड पनि नरहन सक्छ, नेप्से पनि नरहन सक्छ’, उनले भने।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की बोर्ड अध्यक्षको पत्रकार सम्मेलन नाट्क मञ्चको संज्ञा दिए। ‘सात दिनदेखि हाम्रा साथी अनशनमा छन्, उनी जीवनमरणको दोसाँधमा छन्’, उनले भने, ‘यस्तो बेला एक्सनमा जानुपर्नेमा यो गर्दैछौँ, यो गर्छौं भनेर ढाँट्ने काम गरिरहेका छन्।’
आन्दोलन कुनै पनि हालतमा नरोकिने कार्कीले बताए।
अहिले धितोपत्र बोर्डबाहिर लगानीकर्ताहरु गेट छेकेर नाराबाजी गरिरहेका छन्। बोर्डका कर्मचारीहरु भित्रै थिनिएका छन्।
आन्दोलन नियन्त्रण गर्न धितोपत्र बोर्ड कार्यालयमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19