काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको अध्यक्षमा राजुबहादुर जीसी सर्वसम्मत रुपमा चयन भएका छन्।

सेबोन कार्यालयमा भएको कर्मचारी युनियनको छैटौँ विशेष अधिवेशनले जीसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा वसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जनसमेत सर्वसम्मत रुपमा चयन भएका छन्। कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ।

विशेष अधिवेशनको उद्घाटनसत्रमा बार्डेका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए। 

प्रमुख अतिथिका रुपमा सेबोन अध्यक्ष भीष्मराज ढुंगानाले व्यवस्थापन र युनियनस सँगसँगै मिलेर धितोपत्र बजारको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए।