prabin agrawal
-भक्तराज रसाइली
धरान । पूर्वाञ्चलको सुन्दर नगरी धरानमा प्रवीण अग्रवालको नाम सेयर लगानीकर्तामाझ सुपरिचित छ । प्रवीण सेयर बजारमा लगानी गरी नाम र दाम कमाएका सफल लगानीकर्ता हुन् । प्रवीणको अर्को अर्थ पारङ्गत हो, सेयरको मामिलामा उनलाई यसैको उपमा दिन्छन् धरानका लगानीकर्ताहरु ।
४४ वर्षीय अग्रवाल स्वर्गीय मातापिता कन्हैयालाल अग्रवाल र शान्तिदेवीका एकमात्र सुपुत्रका रुपमा धरान ५ मा जन्मेका हुन् । दार्जीलिङ सेन्टजोसेफ नर्थपोइन्टमा स्कुल शिक्षा हासिल गरेका उनले स्नातक जयपुरस्थित कमर्स कलेजमा अध्ययन गरेका हुन् ।
धरानको मुख्य नयाँ बजारमा पिताको २ वटा कपडा पसल रहेकोमा एउटा आफैंले संचालन गर्दै आफ्नो करिअर व्यापारबाट सुरु गरेको अग्रवालको भनाइ छ । कमर्सकै विद्यार्थी र सेयर मार्केटमा चासो भएकै कारणले नेपालको सेयर बजारमा होमिएका अग्रवाललाई उनका साथी नवीन आचार्जुसँगको उठबसले बजारप्रति थप प्रेरित गर्यो ।
२०५७/५८ सालतिर खुलेको एनआइसी बैंक(हालको एनआईसी एसिया बैंक)को आइपीओबाट उनले सेयरमा लगानी सुरु गरेका थिए । सो बेला अग्रवालले ६ हजार कित्ता आवेदनका साथमा ६ लाख लगानी गर्दा २५० कित्ता हात पारे। पहिलो बूम चलेको बेला आफूले सोही सेयरलाई प्रतिकित्ता रु. ५२५ मा बेचेको भन्दै उनले प्रफुल्लता जनाए ।
दोश्रो बजारमा भने २०५८ सालमा नेपाल बैंक लिमिटेडको ४ सय कित्ता ६ सय ५० मा किन्दै प्रवेश गरेका अग्रवालले भने-'सुरु सुरुमा मैले सेयरलाई साइड बिजिनेसका रुपमा राखेर कपडा व्यवसायमै मग्न थिएँ ।'
आईपीओ भर्नै भनेर आफू दमक, इनरुवा, बिराटनगरसम्म दौडिएका अग्रवाल भन्छन्-'२०५८ सालदेखि २०७० सालसम्म मैले आईपीओबाटै धेरै सेयर कलेक्सन गरेँ ।'
आफूसहित ५ जनाको टिम बनाएर १० लाख फण्ड जम्मा गरी आफ्नै सक्रियतामा १ वर्षमै २० लाख बनाएको समेत उनको दाबी छ । २०७२ सालमा १८८० को विन्दूमा आफूसँग भएका आईपीओ बेचेर मात्र १ करोड कमाएको अग्रवालले बिजशालालासँगसङ भने, अहिले पनि मसँगङ् प्राथमिक र दोश्रो बजारमार्फत १ सय २० कम्पनीको सेयर छ । जसमा आइपीओको हिस्सा ८० प्रतिशत र बाँकी २० प्रतिशत चाहिँ सेकेन्डरीको छ ।
आइपीओमा परेको नराम्रा कम्पनीको सेयरलाई बेचेर राम्रा कम्पनी किन्ने गरेको अग्रबाल बताउँछन् ।
नेप्सेको नयाँ अनलाइन प्रणाली लथालिङ्ग भएको र ब्रोकरबाट नै सन्तुष्ट भएकोले अलिक पछि अनलाइन कारोबार गर्ने सोच अग्रवालको रहेको छ ।
उनको सेयर रणनीतिबारे बुझ्ने प्रयास गर्दा आईपीओ छोड्न नहुने, पूर्ण विश्लेषण गर्दै भविष्यको प्रतिफल आँकलन गरेर मात्रै प्राथमिक बजारमा लगानी गर्नुपर्ने सुझाव दिन्छन् ।
दोस्रो बजारको हकमा कम्पनीको ए टू जेड अध्ययन ,आम्दानी स्रोत, कमिसन रकम, इपीएस, पीई रेसियो लगायतका विषयमा सचेत भई लगानी गर्नुपर्नेमा उनको जोड छ ।
बैंकहरुको हकमा कुनै कुनै बैंकले एलसीको कमिसन ६०-७० करोड आम्दानी हुने गरेको र यसमा आम लगानीकर्ताले खासै ध्यान नदिएकोमा उनले चिन्ता समेत व्यक्त गरे । बैंकका सेयरमा पिइ बिलो १२/१३ , रिजर्भ सरप्लस, नेटवर्थ, ईपीएस, व्यवसायको बिस्तार गति लगायतका सूचकमा चनाखो बन्नुपर्ने र हाइड्रोको सवालमा भविष्यको प्रोजेक्ट ,संस्थापक, व्यापार विस्तार, अतिरिक्त आम्दानी, ब्याज जस्ता विविध विषयको ख्याल गर्न जरुरी भएको अग्रवालको भनाई छ ।
अब आगामी दिनमा नेप्से कता जाला ? भन्ने प्रश्नमा अग्रवालले भने-'फागुन चैत यसै पनि अफसिजन हो । हालचालको स्थिति हेर्दा नेप्से १ हजारको विन्दूसम्म ओर्लिने संभावना देख्छु ।'
उनको भनाईमा मौद्रिक नीतिले बजारलाई हित गर्ने राम्रा नीति नल्याएकोले ७७/७८ सालअघिसम्म नेप्से बढ्ने संभावना छैन ।
बैंक र माइक्रो फाइनान्सका लागि छोटो समयावधि राखी मर्जर तथा एक्वीजिसन नीति ल्याउन जरुरी रहेको बताउने अग्रवालले हकप्रदलाई भने बन्देज नै गनुपर्ने सुझाव दिन्छन् ।
हाल नेप्सेको अनलाइन अप टू ग्रेड नभएको र विदेशी लगानीकर्तालाई नियामकले भित्राउने रणनीति आवश्यक भएको अग्रवालको बुझाई छ । हाल ओभरसप्लाई भएको सेयर कम्पनी स्वयम्ले किन्ने व्यवस्था बाईब्याक पोलिसी मार्फत बजार सन्तुलन हुने उनी बताउँछन् ।
अग्रवाल आफूलाई नेपालको सेयर मार्केटले नै करोडपति बनाएको छाति ठोक्दै दाबी गर्छन् र यत्ति मात्रै हैन ऋण मात्रै ४०-५० लाख सेयरबाटै कमाएर तिरेकोमा दंग छन् ।
उनी आफूमात्र करोडपति हैन, धरानका ५० प्रतिशत लगानीकर्तालाई हौसला र प्रेरित गर्दै १५-१६ जनालाई करोडपति समेत बनाउन सहयोग गरेको दाबी गर्दै अग्रवालले भने-'सेयर बजारमा लागेर पाएको मात्र छु, धैर्यताकै कारण हालसम्म गुमाएको छैन ।'
अहिलेको समय नयाँ लगानीकर्तालाई बजार पस्ने सही मौका भएको भन्दै कम्पनीको गहन अध्ययन गरेर मात्र लगानी गर्न सुझाउँछ्न ।
धैर्यता, स्वअध्ययन, साथीभाइको सल्लाह नै सेयर बजारमा आफ्नो सक्सेस मन्त्र भएको बताउने अग्रवालले सेयर बजारमा गुमाउन हैन कमाउन पनि सकिने दाबी गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago