काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फन्ड र सानिमा इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक गरेको हो। जसअनुसार दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ। 

साउनमा सानिमा लार्ज क्याप फन्डको न्याभ  बढेर ११.१४ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ १०.५५ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा ५४ करोड ७ लाख रुपैयाँ, बैंक मुद्दति निक्षेपमा १२ करोड रुपैयाँ, ऋणपत्र/बन्डमा २ करोड १८ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा ८० लाख ९९ हजार रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः ५० करोड ३० लाख रुपैयाँ, १२ करोड रुपैयाँ, २ करोड ८ लाख रुपैयाँ र ८१ लाख ५३ हजार रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी ६९ करोड ६ लाख रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी ६५ करोड १९ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले ७ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

यसैगरी साउनमा सानिमा इक्विटी फन्डको न्याभ बढेर २२.७३ रुपैयाँ पुगेको छ। गत असारमा न्याभ २०.९६ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा २ अर्ब ९ करोड रुपैयाँ, बैंक मुद्दति निक्षेपमा २३ करोड रुपैयाँ, ऋणपत्र/बन्डमा ८ करोड ३८ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा २ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब ९१ करोड रुपैयाँ, २५ करोड रुपैयाँ, ८ करोड ३८ लाख रुपैयाँ र २ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २ अर्ब ४३ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले २२ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।