काठमाण्डौ । विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै घट्दा सेयर बजारमा प्रतिकित्ता ३०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको इष्टर्न हाइड्रोपावर पावर लिमीटेड घाटामा गएको छ। 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म यो जलविद्युत कम्पनी घाटामा गएको देखिएको हो । 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा १ करोड ४९ लाख २५ बजार बढी घाटा भएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको घाटा १ करोड ८ लाख थियो । अघिल्लो वर्षको तुलनामा घाटा झनै बढेको देखिएको हो । 

कम्पनीले समीक्षा अवधिमा ११ करोड ९५ लाख हाराहारीमा सञ्चालन आम्दानी गरेको देखिन्छ । अघिल्लो वर्ष यस्तो आम्दानी १२ करोड २२ लाख रुपैयाँभन्दा माथि थियो । 

अघिल्लो वर्ष यही अवधिमा ५२ लाख ४५ हजारमा सीमित प्रशासनिक खर्च बढेर ९२ लाख १३ हजार माथि पुगेको छ । कुल खर्च पनि ५ करोड ५६ लाखबाट बढेर ५ करोड ९६ लाख माथि पुगेको छ । 

अघिल्लो वर्ष ८९ करोड ४१ लाख रहेको कुल दायीत्व घटेर ७२ करोड ५१ लाखमा सीमित भए पनि घाटा हुँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी २.४१ रुपैयाँले नेगेटिभ बन्न पुगेको छ । 

रु. ३०० भन्दा बढी सेयरमूल्य रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ  ७३.७१ रुपैयाँ खुम्चिएको छ भने मूल्य आम्दानी अनुपात १२९.१९ गुणाले नेगेटिभ बन्न पुगेको छ । 

आगामी दिनमा ब्याज खर्चमा कमी आउँदा नाफामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।