काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ।

शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याएको हो। यसअघि सेयर कर्जाको सीमा ६५ प्रतिशत रहेको छ। 

सेयर धितोको मूल्यांकनलाई समेत हेरफेर गरिएको छ। १८० दिनको औसतमूल्यलाई हाल १२० दिनको धितोपत्रको औसतमूल्यलाई आधार मानी सेयर कर्जा उपलब्ध हुने भएको छ।