काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण १०० सय दिनभन्दा बढी बन्द भएर खुलेको नेपालको सेयर बजारले विस्तारै गति लिने क्रम बढेको छ।
लामो लकडाउनले आम्दानीमा असर पुर्याएको भए पनि लगानीकर्ताले बैंकमार्फत सेयर धितो कर्जा लिएर भए पनि बजारमा लगानी गरिरहेका छन्। सेयर बजारमा लगानीकर्ता उपस्थिति अझै बढाउन र सेयर बजारलाई चलायमान बनाइराख्न विभिन्न वाणिज्य बैंकहरुले सरल र सहज ब्याजदरमा सेयर धितो कर्जा प्रदान गरिरहेका छन्।
उता चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंकहरुबाट सेयर धिर्ता कर्जाको सीमा ७० प्रतिशतसम्म पुर्याएको छ। आर्थिक वर्ष अन्त्य भएपछि बैंकहरुले वर्तमान अवस्थालाई ध्यानमा राखेर सेयर धितो कर्जामा नयाँ ब्याजदर निर्धारण गरेका छन्।
सबैभन्दा सस्तो ब्याजमा सेयर धितो कर्जा प्रदान गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले ६.०९ प्रतिशतको आधारदरमा २ देखि ३.२५ प्रतिशतसम्म प्रिमियम जोडिने गरी सेयर कर्जा प्रदान गरिरहेको छ। बैंकले सेयर कर्जाको ब्याजदर न्यूनतम ८.०९ देखि अधिकतम ९.३४ प्रतिशत तोकेको छ।
त्यस्तै नेपाल बैंकले ६.९९ प्रतिशतको आधार दरमा २.०५ देखि ५.०२ प्रतिशत प्रिमियम जोडेर न्यूनमत ९.०४ देखि १२.०१ प्रतिशत ब्याजमा सेयर कर्जा प्रदान गरिरहेको छ। बैंक अफ काठमाण्डौले ८.९१ प्रतिशतको आधार दरमा ०.५ देखि ५ प्रतिशतसम्म जाडिने गरी सेयर धितो कर्जाको व्यवस्था गरेको छ। अर्थात आधारदरमा प्रिमियम जोडेर बैंकले न्यूनतम ९.४१ देखि अधिकतम १३.९१ प्रतिशतसम्मको सेयर कर्जा निर्धारण गरेको छ।
यस्तै एनसीसी बैंकले ‘एनसीसी आकर्षक सेयर कर्जा’ अन्तर्गत १० प्रतिशत ब्याजमै सेयर कर्जा प्रवाह गरिरहेको छ।
अन्य वाणिज्य बैंकहरुले निर्धारण गरेका सेयर धितो कर्जाको ब्याजदरहरु यस्ता छन्–

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19