काठमाण्डौ । पछिल्लो समय एकाएक सेयर बजार र यहाँका लगानीकर्ताप्रति नरम बन्दै गएका अर्थमन्त्री डा. युवराज खतिवडाले दोश्रो बजार कारोबारमा समेत आरटीजिएस लागू गर्न सुझाव दिएका छन् ।
रियल टाइम ग्रस सेटलमेन्ट अर्थात आरटीजिएस लागू गरिए पूँजीबजारमा लगानी गर्नेहरुको कमाउने निकै ठूलो अवसर पाउने भन्दै उनले यसतर्फ ध्यान दिन नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डलाई निर्देशन दिए ।
नेपाल स्टक एक्सचेञ्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै एकैदिन सेयर किनेर तत्काल बिक्री गर्ने र बेचेको रकमलाई पुनः र पटक–पटक सोही दिन सेयरमै लगानी गरी मल्टिप्लाईमा नाफा कमाउने वातावरण बनाइनुपर्ने उनको सुझाव छ ।
‘अब बैंकहरुमा जस्तै सेयर बजारमा पनि आरटिजिएस लागू गर्ने बेला भएको छ ।’ अर्थमन्त्री डा. खतिवडाले भने–‘यस्तो भयो भने साथमा १ लाख रुपैयाँ हुने लगानीकर्ताले पनि दिनभर मल्टिप्लाई गर्दै विभिन्न कम्पनीमा लगानी गर्नसक्छ र विवेक पुर्याए राम्रो कमाउन सक्छ ।’
बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषयमा खासै सकारात्मक नदेखिएका उनले ब्रोकर संख्या थप्ने हो या सूचना प्रविधिको विकास गरी डिजिटल ब्रोकरेज सेवामा ध्यान दिने हो निक्र्यौल गर्ने बेला भएको बताए । तर तत्काल अन्य नयाँ ब्रोकर कम्पनीहरुलाई अनुमति दिई दोश्रोबजारको दायरा फराकिलो बनाउनुपर्नेमा भने उनको जोड देखियो ।
उनले ब्रोकर कम्पनीहरुले सेयर सचेतनामा लगानी नगरिरहेकामा गुनासो गर्दै यसतर्फ ध्यान दिन सुझाव दिए ।
अर्थमन्त्री खतिवडाले सोही समारोहमा स्टक ब्रोकर अशोसिएसनका अध्यक्ष भरत रानाभाटले उठाएका सेयरधनीले सूचिकृत कम्पनीबाट प्राप्त लाभांशलाई आयस्रोतको रुपमा जनाएर करचुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्थाको बिषयमा छलफल गरी बजेटमा सम्बोधनको प्रयास गरिने वचन दिए ।
अर्थमन्त्री डा. खतिवडाले नेप्सेमा नयाँ कम्पनीहरु सूचिकृत भइरहेकामा खुशी व्यक्त गर्दै भने–‘नयाँ कम्पनी थपिनु भनेको नयाँ लगानीकर्ता थपिनु हो । यो भनेको नयाँ माग सिर्जना हुनु पनि हो ।’
उनले लगानीकर्तालाई लगानीको टिप्स दिन समेत भ्याए । सर्टटर्म लगानीमा जोखिम हुने भन्दै सकेसम्म लङटर्म लगानीमै ध्यान दिन उनले सुझाए । ‘छिटो दगुर्दा छिटै गलिन्छ ।’ सर्टटर्म लगानीको विषयमा सांकेतिक विश्लेषण गर्दै भने ।
उनले बजारको तीव्र उतारचढाव राम्रो संकेत नभएको उल्लेख गर्दै स्थायीत्वमा समेत जोड दिए । ‘बजारको स्थायीत्वमा ध्यान दिनुपर्छ ।’ उनले भने–‘लगानीकर्ताले पनि विवेक पुर्याएर लगानी गर्न सक्नुपर्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago