काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको विषयमा थप प्रष्ट पारेको छ ।
बिजशालासँग कुरा गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले प्रयोजन नखुलेको व्यक्तिगत कर्जालाई केही बढी व्याख्या गर्ने क्रममा सेयर धितो कर्जाको प्रसङ्ग पनि आएको उल्लेख गर्दै यो व्यवस्थाले समग्र मार्जिन प्रकृतिको कर्जाको व्यवस्था आकर्षित नहुने प्रष्ट पारेका हुन् ।
‘पहिला हामीले ओभरड्राफ्ट कर्जा भनेका थियौं, त्यसलाई अलिक बढी व्याख्या मात्र गरिएको हो ।’ उनले भने–‘लगानीकर्ता साथीहरुले उपयोग गरिरहेको सुविधालाई हटाउन खोजिएको होइन । लगानी गर्ने शिलशिलामा प्रयोजन नै नखुलाई लिएर लगानी गर्ने कुराहरुमा मात्रै नियन्त्रण गर्न खोजेका हौं । बिनाप्रयोजन अन्य व्यक्तिगत कर्जा झै सेयर धितो कर्जा पनि ५० लाख भन्दा बढी लिन पाइदैन मात्र भन्न खोजिएको हो ।’
राष्ट्रबैंकको यो प्रष्टोक्तिसँगै प्रयोजन खुलाएर लिइने सेयर धितो कर्जाको सीमा नतोकिएको प्रष्ट भएको छ । बिजशालाको यसअघिको यही विषयसँग सम्बन्धित समाचारमा समग्र सेयर धितो कर्जा नै ५० लाख रुपैयाँ भन्दा बढी लिन नपाइने आशयको विवरण प्रकाशित भएकोमा त्यसलाई समेत सच्याइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago