काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। 

आज कारोबार भएको ३ घन्टाको अवधिमा नेप्से परिसूचकसहित कारोबार रकममा बढोत्तरी भएको छ। 

कारोबारको पहिलो घन्टामै ३ अर्बको कारोबार भएको थियो भने ४ वटा कम्पनीमा पेजेटिभ सर्किट लागेको थियो । अहिले २ बजेसम्मको बजार र कारोबारलाई हेदा लामो समयपछि आज कारोबार तथ परिसूचकमा उछाल आउने देखिएको छ । अहिलेसम्म ६ वटा कम्पनीले पोजेटिभ सर्किट हानेको छ भने नेपाल पुनर्बीमा कम्पनी, एनसीसी बैक तथा शिखर इन्स्योरेन्सको उच्च कारोबार भएको छ।

यो समाचार तयार पर्दा नेप्से परिसूचक झन्डै ५०.७१  अंकले बढेर २७३४.७९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.२० अंकले बढेर ४८६.७० को उचाइमा पुगेको छ। 

यो बेलासम्म २१० कम्पनीका १ करोड ५० लाख ३८ हजार ६८ कित्ता सेयर ७ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। अहिलेसम्म सबैभन्दा निर्जीवन बीमा समूह र जीवन बीमा समूहमा सर्वाधिक ५०० अंकभन्दा बढीको उछाल आएको छ।