काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा पुँजी बजारलाई उच्च प्राथमिकतामा पर्ने बताएका छन्।
अर्थ मन्त्रालयमा आज आयोजित परिचयात्मक पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्तो बताएका हुन्। ‘सरकारले राजस्व परिचालनको गतिलो स्रोतका रुपमा पुँजी बजारलाई प्राथमिकता दिनेछ’, उनले भने, ‘यो क्षेत्रबाट गत आर्थिक वर्षमा सरकारलाई १४ अर्ब रुपैयाँ बढी राजस्व आएको रहेछ, चालु आर्थिक वर्षमा योभन्दा बढी राजस्व आउने गरी पुँजी बजारलाई प्राथमिकतामा राख्नेछु।’
आफू अर्थमन्त्री भएलगत्तै सेयर बजार र त्यहाँका लगानीकर्ताहरुले विभिन्न कारण र घटनाक्रमले गिरेको बजारको मनोबल उकास्ने विषयमा आफूलाई अनुरोध गरेको र आफूले बजारका समस्याका विषयमा बुझ्ने काम पनि सुरु गरिसकेको शर्माले जानकारी दिए। उनले सेयर बजारका लगानीकर्ताहरुलाई निराश पार्ने कुनै पनि काम सरकारले नगर्ने उद्घोषसमेत गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19