काठमाण्डौ । आजबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लागू गरेको सेयर खरिदबिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमा कार्यान्वयनमा आएको छ।

सेबोनले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संशोधन गरेको थियो। उक्त संशोधित विनियमावलीमा सेयरमूल्यमा १० पैसासम्म पनि घटबढ गर्न पाउने व्यवस्था गरिएको छ।

सोहीबमोजिमा सेबोनले मूल्य घटबढ गर्दा १ रुपैयाँभन्दा कम मूल्य पनि राख्न पाउने गरी व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो। सेबोनको उक्त निर्देशनलाई नेप्सेले आजबाट कार्यान्वयनमा ल्याएको हो। 

यो व्यवस्था कार्यान्वयन भएसँगै किन्ने र बेच्ने दुवैलाई फाइदा हुने देखिएको छ। 

आज केही कम्पनीको सेयरमूल्य सोहीअनुरुप पैसामा घटबढ गरेर कारोबार भइरहेको छ।