काठमाण्डौ । धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार बजारमा चमक देखिएको छ।

बजार खुलेको सुरुआती चरणमै ५० अंकको हाराहारीमा बढेको नेप्से परिसूचक अहिले १ घन्टाको अवधिमा भने २७.६० अंकले उकालो लागेको छ। योसँगै नेप्से ३००८.२१ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८२ अंकले बढेर ५६४.७८ को उचाइमा पुगेको छ। 

यो बेलासम्म ४ अर्ब रुपैयाँ बढीको हाराहारीमा सेयर किनबेच भइसकेको छ। अहिलेसम्म नेपाल बंगलादेश बैंकको सर्वाधिक १५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ। जसमा बैंकिङ समूहमा सर्वाधिक १.५८ प्रतिशतको बढोत्तरी भएको छ। उत्पादन तथा प्रशोधन समूह पनि १.३८ प्रतिशतले उकालो लागेको छ। वित्त र जलविद्युत समूह भने झिनो प्रतिशतले ओरालो लागेका छन्। 

यो बेलासम्म हिमालयन पावर पाटर्नरको सेयरभाउ सर्वाधिक ८ प्रतिशत बढीले उकालो लागेको छ। नेपाल फाइनान्सको सेयरभाउ पनि २ प्रतिशत बढीले ओरालो लागेको छ।