काठमाण्डौ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिएपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। यद्यपि आज बजारमा उच्च कारोबारको कीर्तिमान बनेको छ।
सेयर बजारमा आजको दिन हालसम्मकै उच्च कारोबार भएको छ। यो दिन साढे २१ अर्ब बढीको कारोबार भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका कुल ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा किनबेच भएका छन्।
यो कारोबार रकमले अघि सेयर बजारमा कायम १९.५५ अर्ब रुपैयाँको रेकर्ड ब्रेक गरेको छ। यसअघि गत जुन १३ मा सेयर बजारमा १९ अर्ब ५५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19