काठमाण्डौ । लामो समयदेखि घटिरहेको सेयर बजारमा आज खुलेको डेढ घन्टामै १०० अंकले उकालो लागेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १००.०६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २३८१.७३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १६.४५ अंकले बढेर ४५४.०४ को विन्दुमा पुगेको छ। कारोबार १ अर्ब ३० करोड रुपैयाँ बढीको भएको छ।
अहिलेसम्म १८७ वटा कम्पनीको सेयरभाउ बढेको छ। उच्च कारोबार नबिल बैंकको ६ करोड ८३ लाख रुपैयाँ बढीको भएको छ।
अहिलेसम्म १४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19