काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले आज अपराह्न ३ बजे नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन्।
संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज सिंहदरबारस्थित नेप्से कार्यालय लगानीकर्ताहरुले घेराउ गर्दै प्रदर्शन गर्ने भएका हुन्।
संघर्ष समितिका संयोजक तिलक कोइरालाले लगानीकर्ताले अघि सारेका १९ बुँदे मागप्रति सरकारले बेवास्ता गरेकोले प्रदर्शनमा उत्रिनुपरेको बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ’, उनले भने, ‘सरकारका तर्फबाट बल प्रयोग भयो भने नराम्रो परिणाम उत्पन्न हुन सक्छ।’
लगानीकर्ताले १९ बुँदे माग अघि सार्दै २५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन्। लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताले उठाएका मागहरुबारे तत्काल निर्णय गर्न आग्रह गरेका थिए।
कोइरालाले असार १ गतेदेखि हुने आमरण अनशनको पनि नेतृत्व गर्दैछन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago