काठमाण्डौ । नेपालको सेयर बजारलाई विगत लामो समयदेखि अध्ययन गर्दा प्रत्येक बुल र बियरमा लगानीकर्ता सेक्टरवाइज खरिदबिक्रीका लागि झुम्मिएको इतिहास छ। केही समय एउटा सेक्टरमा खरिद चाप आउने र नाफा बुक हुने अनि अर्को सेक्टरमा फेरि खरिद चाप आउने गरेको देखिन्छ। पछिल्लो समय लगानीकर्ताको रोजाइ हाइड्रोपावर सेक्टरमा परेको देखिन्छ।

आजको बारेमा नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता सेयर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्सेमा १३ वटा सेक्टर छन्। जसमा आज सबैभन्दा धेरै कारोबार जलविद्युत सेक्टरका कम्पनीहरुको भएको देखिन्छ। यो सेक्टरका कम्पनीहरुको आज ५८ करोड ६७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। 

यसैगरी दोस्रो उच्च कारोबार भएको सेक्टरमा वाणिज्य बैंक परेको छ। आज यो सेक्टरका बैंकहरुका सेयरहरु १६ करोड २ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। 

उच्च कारोबारको हिसाबले लघुवित्त सेक्टर तेस्रोमा परेको छ। यो सेक्टरका कम्पनीहरुको १५ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

चौथोमा उत्पादन तथा प्रशोधन सेक्टर परेको छ। यस सेक्टरमा रहेका कम्पनीहरुको १० करोड ५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

त्यस्तै पाँचौँमा परेको लगानी सेक्टरका कम्पनीहरुको ७ करोड ५ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ। 

यस्तो छ अन्य सेक्टरहरुको कारोबारको अवस्था–

  • छैटौँमा जीवन बीमा – ६ करोड ६२ लाख रुपैयाँ
  • सातौँमा निर्जीवन बीमा– ५ करोड १५ लाख रुपैयाँ
  • आठौँमा विकास बैंक सेक्टर– ४ करोड ७८ लाख रुपैयाँ 
  • नवौँमा वित्त सेक्टर– ४ करोड ५३ लाख रुपैयाँ 
  • दसौँमा होटेल तथा पर्यटन– ३ करोड २४ लाख रुपैयाँ
  • एघारौँमा अन्य– २ करोड ८५ लाख रुपैयाँ 
  • बाह्रौँमा व्यापार– २८ लाख १ हजार रुपैयाँ
  • तेह्रौँमा म्युचुअल फन्ड– २७ लाख ६८ हजार रुपैयाँ