काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको ६०ः४० को सेयर अनुपात रहेको छ। त्यसलाई ५१.४९ सेयर अनुपात कायम गर्न कम्पनीले सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको हो। 

यसका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिइसकेको छ भने १५ औँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। 

अब आफ्नो सेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा वा इच्छा नभएमा ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ। 

तोकिएको अवधिभित्रमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धित लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम माथि उल्लेखित तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ।