काठमाण्डौ । सेयर बजारमा मंगलबार उछाल आएको छ।
कारोबार खुलेको दुई घन्टा नबित्दै १ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ भने नेप्से परिसूचक १९०० माथि उक्लिएको छ।
यो समाचार तयार पार्दासम्म (१२ः५२ मिनेट) नेप्से ४६.०६ अंकले बढेर १९३७.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९४ अंकले बढेर ३६६.६३ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब ४ करोड रुपैयाँ बढीको भइसकेको छ।
अहिलेसम्म २ वटा कम्पनीको सेयरमूल्य पोजिटिभ सर्किट लागेको छ। विजय लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो।
यतिबेलासम्म २१६ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ भने एउटा कम्पनीको मात्र सेयरमूल्य ओरालो लागेको छ। उच्च कारोबार भएको कम्पनीमा नेपाल टेलिकम रहेको छ। यो कम्पनीको ५ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
बैंकिङ प्रणालीमा ५५ खर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ। यसले तरलता सहज हुँदै संकेत गर्छ।
नेपाल बैंकर्स संघ (एनबीए)ले असारमा कर्जाको ब्याजदर थप घट्ने र तरलता पनि बढ्दै जाने जनाएको छ।
उता नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको छ।
यिनै कारणले लगानीकर्ताको मनोबल बढ्दा बजारमा एकाएक चमक आएको बजार जानकारहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19