काठमाण्डौ । सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनी टिप्पणी गर्ने र बजारप्रति खासै उदार नमानिएका अर्थविद तथा पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त हुँदै गर्दा बजारमा दोहोरो अंकको गिरावट भएको छ । तर, कारोबार रकममा भने आइतबारको तुलनामा उछाल आएको छ ।
यो दिन बजारमा १५.७८ अंकको गिरावट आएको हो । बजार परिसूचक घटेर १३५८.९५ विन्दूमा सीमित बन्दा कारोबार रकम भने बढेर ५५ करोड २४ लाखको उचाईमा पुुगेको छ । आकर्षक लाभांश घोषणा गरेका कारण नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो कम्पनीले मात्र १० करोड ५६ लाख बढीको कारोबार गर्यो ।
साताको दोश्रो कारोबार दिन बजारमा सबै समूहको सूचकमा रातो पोतिएको छ । सबैभन्दा ठूलो गिरावट होटल समूहको सूचकमा देखियो । यो समूह ५७.८(२.८३ प्रतिशत)अंकले घट्न पुुगेको हो।
यसैगरी, बैकिङ समूह ९.८४, व्यापार समूह २.११, विकास बैंक समूह ११.५, जलविद्युत समूह २९.२८, बित्त समूह ६.१७, बिमा समूह १२२.५, उत्पादनमूलक ३२.४२, माइक्रोफाइनान्स समूह ३०.१६ र अन्य समूह ८.९७ अंकले घटेका छन् ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स २.९३ अंकको गिरावट आएको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.०६ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५१ कम्पनीका १४ लाख ३८ हजार ८ सय ८६ कित्ता सेयर ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ५६ लाख भन्दा बढीको कारोबार गर्यो । यस्तै, प्रभू बैंकले ५ करोड ९० लाख बढीको कारोबार गरेको बजारमा एनसीसी बैंकको ५ करोड ४५ लाख बढीको संस्थापक सेयर किनबेच भयो । राष्ट्रिय बिमा कम्पनीले २ करोड १९ लाख बढीको कारोबार गर्यो भने सांग्रीला डेभलपमेन्ट बैंकको १ करोड ५७ लाख बढीको संस्थापक सेयर पनि किनबेच भयो । राष्ट्रिय बिमा कम्पनीको १ करोड ३५ लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा नवील बैंकले १ करोड ३१ लाख बढीको कारोबार गर्यो । प्रोग्रेसिभ फाइनान्सको १ करोड २१ लाख बढीको संस्थापक सेयर कारोबार भयो भने प्राइम लाइफले १ करोड १८ लाख र इन्भेष्टमेन्ट बैंकले ९७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वल्र्ड मर्चेन्ट बैकिङ र फाइनान्स लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ४.२४ अंकले बढ्यो । धेरै कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्सको मूल्यमा समेत १.१९ प्रतिशतको बढोत्तरी भयो ।
यो दिन राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । स्वरोजगार लघुवित्त विकास बैंकको मूल्यमा ७.५० प्रतिशतको गिरावट देखियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago