काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ ।

कम्पनीले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्न लागेको हो । कम्पनीमा हाल संस्थापक शेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व छ ।

उक्त सेयर स्वामित्वबाट ९ प्रतिशत सेयरलाई सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकतर्फ ५१ प्रतिशत स्वामित्व कायम गर्ने लागिएको हो । संस्थापक संरचनालाई ५१ प्रतिशत कायम गर्नुपर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन पनि कम्पनीले भनेको छ ।

संस्थापक सेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन पनि सेयरधनीले कम्पनीले अनुरोध गरेको हो । 

उक्त सेयर सर्वसाधारणमा परिणत भएपछि कम्पनीको सेयर संरचना  संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम हुनेछ ।