काठमाण्डौ । साताको पहिलो दिन आइतबार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने निक्कै नै उतारचढाव भइरहेको छ ।
प्रि-ओपनिङ सेसनमा २५ अंकले बढेको बजार यो समाचार तयार पार्दाको समय १२: ५० बजेसम्ममा करिब २६ अंकले घटेको छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ।११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १ हजार ९३७ मा झरेको थियो । निरन्तर ओरालो लागेको बजारमा कारोबार भने आश्चर्यजनक रुपमा बढीरहेको छ ।
अहिले बजार सम्हालिंदै गएको अवस्था छ ।अघिल्लो कारोबार दिन नेप्से ६ प्रतिशतले बढेको थियो ।
यो अवधिसम्मा उत्पादन तथा प्रोसेसिंङ ०.१२ प्रतिशट र म्युचुअल फण्ड ०.९५ प्रतिशतले बढेका छन् भने बैंकिङ १.६३, विकास बैंक २.०९, फाइनान्स १.६४, होटल तथा पर्यटन १.३८, जलविद्युत् २.१३, जीवन बीमा १.५०, अन्य समूह १.१५ प्रतिशतले घटेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago