काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले निकट भविष्यमै सेयर बजारका लागि स्वर्णिम दिनहरु आउने दाबी गरेका छन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलसँग भेटमा डा. नेपालले अहिले बजार निरन्तर घट्यो भनेर लगानीकर्ताले डराउन नहुने भन्दै पूँजीबजारको भविष्य स्वर्णिम रहेको जिकिर गरेका हुन् ।
‘सबै कुरा राम्रै हुँदा हुँदै पनि बजार घटिरहेको छ, यसमा म दुखित र अचम्भित छु ।’ गभर्नर नेपालको भनाई उद्धृत गर्दै अध्यक्ष पोखरेलले बिजशालासँग भनिन्–‘बजार आजको भोलि बढ्दैन, तर सेयरमा लगानी गर्ने लङटर्म लगानीकर्ता(लामो समयका लागि लगानी गर्ने)हरुको भविष्य उज्वल छ ।’
उनले सेयर बजारको सुधार तथा बिस्तारका लागि आफूहरुले पनि सहयोग गरिरहेको उल्लेख गर्दै लगानीकर्ताको मागअनुसार नै बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्सको व्यवस्था मौद्रिक नीतिबाट गरिएको उल्लेख गरे ।
अर्थतन्त्रका अन्य सूचक समेत सुधारउन्मुख नै रहेकोले लगानीकर्ता आत्तिन नहुने उनको सुझाव थियो ।
‘आजभोलि बजार घट्यो भनेर लगानीकर्ताहरुले पीर नगर्नुहोला ।’ गभर्नरको सन्देश बिजशालासँग सेयर गर्दै अध्यक्ष पोखरेलले भनेकी छिन्–‘दीर्घकालीन रणनीति बनाएर लगानी गर्नेले राम्रो रिटर्न पाउनेवाला छ । तर, बजार घटेको बेला लगानीकर्तामा धैर्यता हुन आवश्यक छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19