काठमाण्डौ । सेरेसले आफ्नो तेस्रो शोरुम पोखराको नागढुंगामा विस्तार गरेको छ ।

कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप बृद्धि गर्ने तथा सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताइएको छ ।

एक समारोहका बीच हालै उक्त शोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एमएडब्लु ग्रूपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले संयुक्त रुपमा गरेका छन् ।शोरुम उद्घाटनको अवसरमा दुई जना ग्राहकलाई थापा मोटर्सले सेरेस ईभी हस्तान्तरण गरेको छ ।