काठमाण्डौ । नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अद्यावधिक गरेको छ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण एक पटकमा रु.२५ हजार, दैनिक रु. १ लाख र मासिक रु. ५ लाख सम्म गर्न सक्नेछन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रूत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमै भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित र लोयाल्टी प्वाइन्ट पाइने लगायतका रहेका छन् ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, पीटूपी, पीटूबी, बीटूपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19