काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। यो कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। 

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ बिक्री खुला गर्नेछन्। जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ बिक्री गर्नेछ। 

यसैगरी सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेकालाई समेत) प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँ १३७.५८ रुपैयाँ प्रिमियम थप) आईपीओ जारी गर्नेछ।

उत्पादन तथा प्रशोधन समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।