काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलले १६ औं वार्षिक साधारणसभा आगामी माघ २६ गते गर्ने भएको छ ।
कम्पनीको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव भने गरेको छैन।कम्पनीले केहि महिना अघि मात्र प्राथमिक सेयर निष्कासन गरेको थियो ।
सभाले कम्पनीको आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा अन्य कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले उद्देश्य थप गर्ने तथा कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago