काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गर्न लागेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्याल्यमा बिहान ९ बजे राखिएको छ। 

कम्पनीले गत असोज १४ गतेदेखि असोज १७ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरिदका लागि आवेदन दिएका छन्। 

निष्कासनको अन्तिम दिनसम्मको तथ्यांकबमोजिम मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने देखिन्छ। जसमा भाग्यमानी ९ लाख ७३ हजार २५४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ४ जनाले थप १–१ कित्ता सेयर पाउने देखिन्छ।