काठमाण्डौ । यदि सोमबार पनि बजार बढ्यो र आजकै हाराहारीमा कारोबार भयो भने नेपालको सेयर बजारको कुल बजार पूँजीकरण अर्थतन्त्रको आकारभन्दा ठूलो बन्नेछ ।
आइतबारको कारोबारपछि सेयर बजारको कुल पूँजीकरण जीडीपीको आकारको धेरै नजिक पुगेको छ । बढोत्तरीको यात्रा सोमबारसम्म कायम रहे नेपालको सेयर बजारले निकै ठूलो कीर्तिमान भोलि नै बनाउने देखिन्छ ।
पछिल्ला केही दिनमा दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको बजारले कुल बजार पूँजीकरणमा समेत फड्को मारिरहेको छ।
पछिल्लो पटक फागुनमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको पुगेको छ ।
पहिला नेपालको जीडीपीको आकार ३७ खर्ब ६७ अर्ब रहेको भनिएको थियो । तर, राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनसँगै नेपालको अर्थतन्त्रको आकार पनि बढेको हो । पुराना आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेकोमा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको थियो ।
तथ्यांक विभागको जीडीपीको नयाँ साइजलाई पछ्याउँदै दोश्रो बजार अगाडि बढेको देखिएको छ । गत मंगलबार नेप्सेको कुल बजार पूँजीकरण ३८ खर्ब ७६ अर्बको कीर्तिमानी उचाईमा पुगेको थियो । सो कीर्तिमानलाई ब्रेक गर्दै बजार पूँजीकरणमा आज नयाँ कीर्तिमान बनेको छ । आज कुल बजार पूँजीकरण बढेर ३९ खर्ब १३ अर्बको कीर्तिमान उचाईमा पुगेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेप्सेको कुल बजार पूँजीकरण ३८ खर्ब ६७ अर्ब पुगेको थियो । यसरी एकैदिनमा लगानीकर्ताको सम्पत्ति ४६ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
गत आइतबारदेखि दोश्रो बजारको कुल बजार पूँजीकरण ३८ खर्ब माथि पुगेको थियो । त्यसपछि लगातार बढिरहेको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19