काठमाण्डौ । सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि (फागुन १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते (सोमबार) जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि बागमती, मधेश र कर्णाली प्रदेशले मात्रै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका थिए।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले भोलि संघीय र प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोले सेयर बजार पनि बन्द रहने बताए।
बजार आज ६०.८८ अंकले ओरालो लागेको छ। योसँगै २१२१.७५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.९९ अंकले घटेर ४०४.४३ को विन्दुमा झरेको छ। कारोबार रकम ३ अर्ब बढीको भएको छ।
अब सेयर बजारमा मंगलबार खुल्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19