काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन सहितका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी पुस २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सभा कास्कि जिल्लाको पोखरास्थित होटेल माला लेकसाइडमा दिउँसो २ बजे शुरु हुने छ । 

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८० ०८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले लाभांश वितरण, अधिग्रहण तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।