काठमाण्डौ । दुई ओटा अलग-अलग हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् ।

सोलु हाइड्रोपावर  र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले  आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । सोलुले  २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले गत असोज २३ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीले अनुमति पाएपछि १०० रुपैयाँ अंकित मूल्यमा २ करोड कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यसैगरी, टक्सार पिखुवाखोलाले १०० रुपैयाँ अंकित दरमा ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्रीका लागि तयारी गरिरहेको छ ।

कम्पनीले गत असोज २६ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।