काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ। 

एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको याक एन्ड यती होटेलमा दिउँसो १ बजेबाट सुरु हुनेछ। 

सभाले नयाँ कार्य समितिको निर्वाचन तथा चयन गर्नेछ। एसोसिएसनको विधान संशोधनको प्रस्ताव पनि छलफल गरी सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि अनुमोदन गर्नेछ।