काठमाण्डौ । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । 

अध्यक्षका लागि स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा  र आर्यातारा सेक्युरिटिजका गुणनीधि भूसालले उम्मेद्वारी दिएका थिए । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै पाए । 

आज दिनभर नयाँ कार्यसमिति सर्वसम्मत छनौटको प्रयास भए पनि अध्यक्षका लागि भने राति मतदान गर्नु परेको थियो ।

अध्यक्षबाहेकका कार्यसमितिका अन्य पदमा भने सर्वसम्मति भएको छ ।

कार्यसमितिका अन्य पदमध्ये उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिन्द्र ढकाल, सचिवमा सुयोग अधिकारी र कोषाध्यक्षमा मदन पौडेल निर्विरोध निर्वाचित भएका छन् ।