काठमाण्डौ । स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आउँदो कात्तिकको तेस्रो साता नयाँ नेतृत्व पाउने भएको छ।
एसोसिएसनले आउँदा कात्तिक २१ गते आफ्नो २६औँ वार्षिक साधारणसभा डाकेको हो । साधारणसभा एसोसिएसनकै काठमाण्डौको पुतलीसडकस्थित कार्यालयमा आयोजना हुनेछ । यही साधारणसभाबाट एसोसिएसनको अध्यक्षसहित नयाँ कार्यसमिति चयन हुनेछ।
एसोसिएसनमा भरत रानाभाट नेतृत्वको कार्यसमितिको समयावधि गत असोज १२ गते पूरा भइसकेको छ।
को–को छन् अध्यक्षको दौडमा ?
ब्रोकर एसोसिएनको अध्यक्ष पद निकै नै एक्सपोज हुने र प्लेटफर्म बनाउने ठाउँसमेत मानिन्छ। नियामक र सरकारको नजिक रही ब्रोकर कम्पनीहरुको हकहित र पेसागत सुरक्षाका निम्ति अध्यक्षले महत्वपूर्ण भूमिका निभाउनुपर्छ।
हाल ब्रोकर एसोसिएसनमा अध्यक्ष पदका लागि नै भनेर कसैले दाबी नगरिसकेको ब्रोकरहरु बताउँछन्। यद्यपि अध्यक्ष पदको आकांक्षीका रुपमा भने स्टक ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुराज ओझा, स्टक ब्रोकर नम्बर ४८ का टंक गौतम (हालका उपाध्यक्ष), ब्रोकर नम्बर ३६ का सन्तोष मैनाली (पूर्वसचिव), ब्रोकर नम्बर ३७ का धर्मराज सापकोटा (हालका महासचिव) र ब्रोकर नम्बर ३४ का राजकुमार तिमिल्सिना देखिएका छन्। तिमिल्सिना यसअघिको निर्वाचनमा रानाभाटसँग पराजित भएका थिए।
केही ब्रोकरहरु विष्णु ओझाको पक्षमा सर्वसम्मती गराउनुपर्छ भनेर लागेका स्रोत बताउँछ। तर कतिपय ब्रोकरहरु भने यसपालि सन्तोष मैनालीलाई अध्यक्ष बनाउनुपर्ने बताउन थालेका छन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago