काठमाण्डौ । कोभिड जोखिम न्यूनीकरण गर्न जारी निषेधाज्ञाका कारण स्थगित गरिएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा भोलि भदौ १८ गतेबाट पुनः आवेदन खुला गरिने भएको छ।
कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो। तर कोभिड संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेपछि गत साउन २० गते एक सूचना निकाली अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो।
कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता निष्कासन गरिएको छ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।
यसैगरी इलाममा रहेका नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माइजोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १७ गते हुनेछ।
सामलिङ्ग पावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासन अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ।
सोहीअनुसार कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago