काठमाण्डौ । नेकपा एमालेले ५ महानगरपालिका तथा ९ उपमहानगरपालिको मेयर तथा उपमेयरका उम्मेदवार टुंगाएको छ। 

विराटनगर महानगरपालिका र जनकपुर, जितपुर सिमरा उपमहानगरपालिकाबाहेक अन्यको मेयर तथा उपमेयरको एमालेले टुंगो लगाएको हो। 

एमालेले काठमाण्डौमा केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरमा उठाउने भएको छ। 

यस्तै ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्य, पोखराको मेयरमा दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङ, भरतपुरको मेयरमा विजय सुवेदी चयन भएका छन्। भरतपुरको उपमेयरमा भने टुंगो लागेको छैन। 

यस्तै वीरगन्जमा मेयर विजय सरावगीको नाम टुंगो लागेको छ भने उपमेयरमा लोसपाले भने नाम सिफारिस गरेको छैन।

यसैगरी एमालेले धनगढीको मेयर रणबहादुर चन्द र उपमेयरमा प्रमुख कन्तकला थारु, नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाललाई उठाउने भएको छ। 

त्यस्तै तुलसीपुरको मेयरमा टीकाराम खड्का र उपमेयरमा ज्ञानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा मनकुमारी केसी, बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रादेवी अर्याल, हेटौँडाको मेयर अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, कलैयाको मेयरमा विनोद साह र उपमेयरमा (बाँकी), धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु तथा इटहरीको मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई एमालेले उठाउने भएको छ।