काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन नसर्ने बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन वैशाख ३० मै हुने बताएका छन्।
‘निर्वाचन सर्ने भन्ने अनुमानमात्र हो’, उनले भने, ‘गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्कवितर्क भएको छैन। हामी निर्वाचनमै केन्द्रित छौँ।’
प्रचण्डले सत्तारुढ गठबन्धन निर्वाचनमा पूरै होमिएको बताए। ‘गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago