काठमाण्डौ । बजारमा पहिरो जाने संकेत देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबारमा भने निकै ठूलो पहिरो गएको हो । नेप्से परिसूचक घट्दा कारोबारमा यसरी पहिरो जानुुले आगामी दिनमा बजार अझ खराब अवस्थामा झर्नसक्ने संकेतको रुपमा विश्लेषकहरु बुुझ्ने गर्छन ।
बिहीबार नेप्से परिसूचक १० अंकले घटेको छ भने कारोबार रकममा भने ठूलो गिरावट आएको छ । बुधबार ७६ करोड ४७ लाख बढीको कारोबार भएको बजारमा बिहीबार सो रकम घटेर ४९ करोडको हाराहारीमा झरेको हो । यसरी एकैदिन कारोबार रकमतर्फ साढे २७ करोडले कमी आएको हो ।
बिहीबार सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक, बिमा, जलविद्युत, होटल समूह क्रमशः ७.४१, ३९.८, ३.५४ र ४०.४६ अंकले घटे । यस्तै, विकास बैंक ०.८७ अंकले घट्यो भने बित्त, उत्पादनमूलक र अन्य समूहमा क्रमशः ७.७२, १७.६३ र ६.६५ अंकको गिरावट देखियो ।
''क'' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७९ अंकले घट्यो भने समग्र कारोबार समेत खुम्चदा फ्लोट इण्डेक्समा ०.६ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ४९ कम्पनीका ८ लाख ४ हजार ९ सय ३९ कित्ता सेयर ४८ करोड ९७ लाख १ हजार ५ सय ४४ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ६६ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८३ लाख, एभरेष्ट बैंकले १ करोड ५७ लाख, नेरुडे लघुवित्त विकास बैंकले १ करोड ४६ लाख, सिद्धार्थ बैंकले १ करोड २३ लाख बढीको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, एक स्थान विकास बैंक, एक स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
केही दिनको कमाइलाई निरन्तरता दिंदै आरएसडिसी लघुवित्त बित्तीय संस्था र वल्र्ड मर्चेन्ट बैकिंग र एण्ड फाइनान्सले बिहीबार सबैभन्दा धेरै कमाए । यी दुुई कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यस्तै, प्रोग्रेसिभ फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको मूल्य ६.५० प्रतिशतले घट्यो । यस्तै, साहारा विकास बैंकको सेयर मूल्यमा समेत ६ प्रतिशत भन्दा बढीको गिरावट देखियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago