काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै बोनस सेयर वितरण गर्दा पर्ने कर प्रयोजनाका लागि संस्थाले चुक्तापँुजीको ०.६८ प्रतिशत अर्थात ५ लाख ७६ हजार ६४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ ।

संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण्भासबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।