काठमाण्डौ। पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ।

स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधूमेहका बिरामी थिए। 

ती व्यक्तिलाई गत असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

यसअघि पनि स्याङ्जाका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको थियो। उनको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।