काठमाण्डौ । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कुल संक्रमितको संख्या ८८९ पुगेको छ।

वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो। संक्रमित सबै एकै परिवारभित्रका हुन् । केही दिनअघि मात्रै भारतबाट फर्केका उनीहरु सबै क्वारेन्टाइमा बसेका थिए। 

उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने गण्डकीमा १५ पुगेको छ।