काठमाण्डौ । सरकारले स्वदेशी लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न छुट्टै कम्पनी खोल्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै बूढीगण्डकी जलविद्युत आयोजा निर्माण गर्न पब्लिक कम्पनी स्थापना गर्ने निर्णय गरेको हो।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो। सोही प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको स्रोतको भनाइ छ।
अब सरकारले पब्लिक कम्पनी खोल्नेछ र सोही कम्पनीमार्फत यो आयोजना निर्माणको काम अघि बढाउनेछ।
यसअघि २०७७ चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्दै स्वदेशी लगानीमै यो आयोजना निर्माण गर्ने निर्ण गरेको थियो। यो १२०० मेगावाट क्षमताको आयोजना हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19