काठमाण्डौ । विदेशबाट स्वदेश आउन चाहने नेपालीलाई प्याकेजमा फर्काउन सरकारसमक्ष सिफारिस गरिएको छ।

उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने सरकारसमक्ष प्रस्ताव गरेको छ। 

समितिले कुनै मोडालिटी बनाएर प्याकेजमा फर्काउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा राखेको हो। 

हिजै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्तावमाथि भएको छलफलमा प्रधामन्त्री ओलीले सम्बोधनमार्फत प्याकेजमा निर्णय गर्ने जानकारी गराएका थिए। 

बैठकमा प्रधानमन्त्री ओलीले यस विषयमा थप छलफल गरेर निर्णय लिने बताएका थिए।