काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको हुँदा घोषित बोनस सेयर लाग्ने लाभांश करको व्यवस्था भने गरेको छैन। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।