काठमाण्डौ । दोस्रो बजारमा मंगलबार एकाएक सेयरमूल्यमा बढोत्तरी आएपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

कम्पनीले हिजो सोमबारमात्र मर्जर र एक्विजिसनपछि हुन आउने पुँजीमा कम्पनीले सतप्रतिशत ९१स्१० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस हुने जानकारी गराएपछि यसको सेयरमूल्यमा एकाएक बढोत्तरी आएको हुन सक्ने बताइएको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लुघवित्तको साधारणसभा आउँदो ११ गते विशेष साधारणसभा हुँदैछ । साधारणसभामा कम्पनीले 
काठमाण्डौ  । स्वरोजगार लुघवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै वित्तीय संस्थासँग मर्जर र एक्विजिसनमा जाने विशष प्रस्ताव पारित गर्नेछ । 

कम्पनीको सेयरमूल्यमा मंगलबार १० प्रतिशतले बढोत्तर आएपछि पोजिटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ पुगेको छ । 
मार्केट डेप्थमा कम्पनीको खरिद आदेशतर्फ ४ हजार ६७२ कित्ता सेयर खरिद पोस्ट भएको भने बिक्री आदेशतर्फ कुनै पनि पोस्ट भएको छैन । यसले पनि यो कम्पनीको सेयर खरिद गर्नेको संख्या उत्साहकजनक देखिए पनि बिक्री गर्नेतर्फ कसैले इच्छा प्रकट गरेका छैनन् ।