काठमाण्डौ । धितोपत्र बोर्डले स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्थालाई आइपीओ निश्कासनको अनुमति दिएको छ ।

बोर्डले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निश्कासनको अनुमति दिएको हो ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।