काठमाण्डौ । दोस्रो बजारमा आइतबार कारोबार सुरु भएको पौने २ घन्टामा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । 

दोस्रो बजारमा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हारारहारीमा प्रतिकित्ता सेयर मूल्यमा बढोत्तर आएपछि पोजेटिभ सर्किट लागेको हो । गत बिहीबार दोस्रो बजारमा प्रतित्तिा ४१६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भएर आइतबार ४५७ रुपैयाँ प्रतिकित्ता पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको १० हजार १८१ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ कुनै पनि पोस्ट भएको छ । यसले कम्पनीको सेयर खरिदकर्ताको चाप देखाएको छ भने बिक्रीतर्फ कसैले चासो देखाएको पाइँदैन ।