काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहअन्तर्गतको ११ हजार ७५३ कित्ता सेयर आज कात्तिक २५ गतेबाट लिलामीमार्फत बिक्रीमा राखिएको छ। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ६७५ रुपैयाँ तोकिएको छ । लिलामी सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

लिलामी सेयरमा योग्य इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन। आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा दिनुपर्नेछ। आवेदन मंसिर १ गते बैंकिङ समयसम्म दिन पाइनेछ।