काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (जेठ २४ गते) बाट १ लाख ९० हजार बढी कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।
संस्थाले कुल १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति असार २७ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19